हुण्डीको ८२ लाख ५० हजारसहित बीरगञ्जबाट ४ जना पक्राउ
बुधबार, २९ वैशाख २०७८, २२ : २१
काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले तिनजना भारतीय नागरिकसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–४ घर भएका कलामुद्दिन अन्सारी, भारत बिहार घर भएका विकास कुमार, गुड्ड कुमार र साहिल गुप्ता छन् । आरोपीहरुबाट ८२ लाख ५० हजार हुन्डीको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए ।
बाराको महागढीमाईका १८ वर्षीय कलामुद्दिन अन्सारी बुधवार २५ लाख नगद बोकेर निस्केका थिए । आदर्शनगर चोकमा कलामुद्दिनलाई पक्रेपछि उनको बयानका आधारमा रक्सौलका ३ जनाले वीरगञ्जमा फ्ल्याट लिएर हुन्डीको कारोबार गरिरहेको खुलेको थियो । उनीहरुबारे बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन–०७३ अनुसार अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण