बेलायतमा कोरोनाबाट थप ११ को मृत्यु, दुई हजार बढी संक्रमित
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४१ हजार ९७५ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार २३२ छ भने ४२ लाख ५६ हजार १०३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएको छ भने निको हुनेको संख्या पनि थपिँदै गएको छ ।
५ करोड ४१ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ४१ लाख ६० हजार ९९३ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५७ लाख २२ हजार ४६१ जनाले पहिलो र एक करोड ८४ लाख ३८ हजार ५३२ जनाले दोस्रो डोज लगाएका छन् । सरकारले भोलिबाट इङ्ग्ल्याण्ड ३८ र ३९ वर्ष उमेर पुगेकालाई खोप बुकिङ्गको लागि खुला गर्ने भएको छ । सो उमेर समूहका मानिसलाई नेशनल हेल्थ सर्भिस (एनएचएस) ले खोपको लागि दर्ता गर्न म्यासेज मार्फत पनि जानकारी गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण