अनुपम खेरले भने, ‘गंगामा बगिरहेको शवले कसलाई असर नगर्ला ?’
अभिनेता अनुपम खेरले धेरैजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहन्छन् । उनले हरेक मोर्चामा भाजपाको बचाउ पनि गर्ने गर्छन् । उनकी श्रीमती किरण खेर चंढीगढबाट भाजपाकी लोकसभा सांसद पनि हुन् ।
तर बुधबार अनुपम खेरले एनडीटीभीलाई दिएको अन्तरवार्तामा कोभिड संकटमा सरकार चिप्लिएको बताएका छन् । अनुपमले सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।
अनुपम खेरले भने, ‘कतै न कतै यो चिप्लिएको छ... सायद त्यो समय आइसकेको छ, उनीहरुले बुझ्नुपर्ने बेला भएको छ कि आफ्नो छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ । मेरो मान्यता यो छ कि थुप्रै मामिलामा सरकारको आलोचना सही छ ।’
‘सरकारलाई मानिसहरुले नै छानेको हो र उसले गर्नैपर्छ । मलाई लाग्छ कि जो अमानवीय छन्, उनीहरु गंगामा बगिरहेको शवबाट प्रभावित हुँदैनन् । तर आफ्नो फाइदाका लागि अन्य पार्टीले यो कुराको प्रयोग गर्नु पनि ठिक होइन । हामीले जनताको रुपमा रिस पोख्नुपर्छ ताकि जे भइरहेको छ, त्यसका लागि सरकार जिम्मेवार बनोस् ।’
प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा अनुपम खेरको यो परिवर्तित धारणा निकै अचम्मित पारिदिने किसिमको छ । दुई हप्ता अघि मात्रै उनले मोदीको आलोचना गरिएको ट्वीटको प्रतिक्रियामा लेखेका थिए, ‘आउन त मोदी नै आउँछन् ।’ अनुपम खेरको यो टिप्पणीको ट्वीटरमा निकै आलोचना भएको थियो ।
भारतमा कोरोनाको दोस्रो लहर घातक र त्रासदीयुक्त साबित भएको छ । भारतको स्वास्थ्य सेवा पूर्ण रुपमा ठप्प भएको छ र आधारभूत आवश्यकताका लागि अस्पताल जुधिरहेको छ ।
यस्तोमा अनुपम खेरले अन्य सेलिब्रिटसँग मिलेर मद्दत पुर्याउने काम सुरु गरेका छन् । अनुपम खेरले ‘हिल इन्डिया’ अभियान सुरु गरेका छन् । यसमार्फत् उनले भेन्टिलेटर र अक्सिजन कन्सेन्ट्रेटर्स प्रदान गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
