१४ अर्ब माइल्स टाढाबाट आयो ब्रम्हाण्डको आवाज, नासाको भोयागर–१ ले पठायो सिग्नल
एजेन्सी । झन्डै ४४ वर्ष पहिले अमेरिकी स्पेस एजेन्सी नासाले भोयागर–१ (Voyager-1) स्पेस क्राफ्ट लन्च गरेको थियो । आज यो नै धर्तीबाट सबैभन्दा टाढा रहने पहिलो मानव निर्मित वस्तु हो र यो सौर्य मण्डलको यात्रामा छ । यसले भर्खरै एक नयाँ डाटा पठाएको छ ।
यस डाटाको आधारमा धर्तीबाट १४ अर्ब माइल्स टाढा रहेका ताराहरुबीच पाइने ग्यासबाट निस्किएको आवाज पहिचान गर्न सकिन्छ । भोयागर–१ मा राखिएको उपकरणले प्लाज्माको आवाज रेकर्ड गरेको हो । प्लाज्मा म्याटरको चौथो स्टेट हुन्छ, जसबाट ९९ दशमलव ९ प्रतिशत ब्रह्माण्ड बन्छ ।
अन्तरिक्षको ठूलो रहस्य खुल्नेछ
धर्तीमा यसको जो सिग्नल आएको छ, त्यो निकै कम फ्रिक्वेन्सी ब्यान्डविथको हो । कर्नेल विश्वविद्यालयका एस्ट्रोनोमर्सले यस आवाजलाई विश्लेषण गरेका थिए । उनीहरुका अनुसार जुन सिग्नलबाट यो डाटा मिलेको थियो, त्यो निकै कमजोर थियो र बिना केही परिवर्तन त्यसलाई सुन्न मुस्किल थियो ।
सूर्यबाट निस्कने हावासँग अन्तरिक्षको मिडियमले कसरी प्रतिक्रिया देखाउँछ भनेर लगातार आइरहेको यो आवाजले बुझाउने एस्ट्रोनोमर्सले बताए । यो निकै कमजोर प्लाज्मा उत्सर्जन झन्डै १० एस्ट्रोनोमिकल युनिट्स या ९२९ माइलसम्म फैलिएको छ । यो प्लाज्मा उत्सर्जन आम रुपमा सौर्य उर्जाहरूका कारण पैदा भएजस्तो लाग्दैन ।
कस्तो थियो सिग्नल ?
कर्नेट विश्वविद्यालयमा एस्ट्रोनामीका डक्टोरल स्टुडेन्ट स्टेल कोच ओकरले यस डाटामा आधारमा यो खोज गरेका हुन् । उनका अनुसार यो निकै हल्का र एकै लयमा थियो, किनकि यसको फ्रिक्वेन्सी ब्यान्डविथ निकै कम थियो ।
उनका अनुसार दुई ताराहरुबीच अर्थात् इन्टरस्टेलर स्पेसमा पाइने ग्यासको यस आवाजलाई पहिचान गर्ने काम भइरहेको छ । भोयागर–१ अगस्ट २०१२ मा इन्टरस्टेलर स्पेसमा पुगेको थियो । कुनै पनि मानव निर्मित स्पेस क्राफ्ट यति टाढासम्म पुगेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण