सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
बिहीबार, ३० वैशाख २०७८, २० : २५
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा थप १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ४, कैलाली ११, बझाङ्गमा १, अछाम १ रहेका छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टी भई १० जनाको मृत्यु भएको छ भने १ हजार ७ सय २३ मा पिसिआर परीक्षण गर्दा ७ सय १२ जनामा कोरोना पोजेटिभ पुष्टी भई ७ जनाको मृत्यु भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण