शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘महानगरपालिकाको एम्बुलेन्स सेवा दिँदा शुल्क मागे तत्काल कार्वाही हुन्छ’

शुक्रबार, ३१ वैशाख २०७८, १४ : ३४
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गर्दै आफु मातहत सञ्चालनमा रहेको एम्बुलेन्स सेवा निःशुल्क रहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोभिड संक्रमित व्यक्तिका लागि १०२ हटलाइन मार्फत अक्सिजनको सेवा सुविधासहित १० वटा एम्बुलेन्स र अन्य बिरामीका  लागि ११८० हटलाइन मार्फत निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको जानकारी दिएको हो । 

विज्ञप्तिमा भनिएको छ: ‘काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भैरहेको १०२ र ११८० हटलाइनको एम्बुलेन्स सेवा निःशुल्क भएकोले सेवा लिए बापत कुनै पनि शुल्क तिर्नुपर्दैन । शुल्क मागेमा तुरुन्त महानगरपालिकाको हटलाइन ११८० मा खबर गर्नुहुन हार्दिक अपील गर्दछौं ।’ निःशुल्क सेवा दिँदा सेवाग्राहीसँग कुनै प्रकारको शुल्क मागेको पाइएमा तत्काल कार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप