‘महानगरपालिकाको एम्बुलेन्स सेवा दिँदा शुल्क मागे तत्काल कार्वाही हुन्छ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गर्दै आफु मातहत सञ्चालनमा रहेको एम्बुलेन्स सेवा निःशुल्क रहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोभिड संक्रमित व्यक्तिका लागि १०२ हटलाइन मार्फत अक्सिजनको सेवा सुविधासहित १० वटा एम्बुलेन्स र अन्य बिरामीका लागि ११८० हटलाइन मार्फत निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ: ‘काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भैरहेको १०२ र ११८० हटलाइनको एम्बुलेन्स सेवा निःशुल्क भएकोले सेवा लिए बापत कुनै पनि शुल्क तिर्नुपर्दैन । शुल्क मागेमा तुरुन्त महानगरपालिकाको हटलाइन ११८० मा खबर गर्नुहुन हार्दिक अपील गर्दछौं ।’ निःशुल्क सेवा दिँदा सेवाग्राहीसँग कुनै प्रकारको शुल्क मागेको पाइएमा तत्काल कार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण