सीसीएमसीको बैठकले ओली-नेपाल भेटवार्ता पर धकेलियो
आइतबार, ०२ जेठ २०७८, ०५ : ००
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिँदा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच १ बजे हुने भनेको भेटवार्ता पर धकेलिएको छ ।
अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईं खर्चिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आएका छन् । मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गरेका थिए ।
यो पनि ....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
