शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना उपचार खर्च– अर्थ मन्त्रालयले छुट्टयायो ४ अर्ब ३१ करोड

आइतबार, ०२ जेठ २०७८, १८ : १६
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । कोभिड–१९ को उपचार, रोकथाम  तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड रुपैयाँ माथिको रकम निकासा गर्ने भएको छ ।  आइतबार एक निर्णय गर्दै अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि कुल ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको हो । 

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ दिने सहमति गरेको छ । 

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।  कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।  
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप