कोरोना उपचार खर्च– अर्थ मन्त्रालयले छुट्टयायो ४ अर्ब ३१ करोड
काठमाडौं । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड रुपैयाँ माथिको रकम निकासा गर्ने भएको छ । आइतबार एक निर्णय गर्दै अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि कुल ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ दिने सहमति गरेको छ ।
यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण