सुदूरपश्चिममा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ५, कैलालीका ९, डडेल्धुराका २, बझाङका २, अछामका १, दार्चुलाका १, बैतडीका १ जना रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
यो अवधिमा ३७६ मा एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना पुष्टि भएको र १२ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै, १ हजार ८२० नमुनाको पीसीआर परीक्षण गर्दा ९४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको र ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म अछामका ४, बैतडीका ९, बझाङका ४, बाजुराका २, डडेल्धुराका १०, दार्चुलाका ३, डोटीका ४, कैलालीका ९६, कञ्चनपुरका ५१ र अन्य जिल्लाका २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको उनले बताए ।
प्रदेशमा हालसम्म ३५ हजार १७२ मा एन्टिजेन परीक्षण भएकोमा ४ हजार ९६६ जनामा संक्रमण देखिएको छ । यस्तै १ लाख ६२ हजार २७८ मा पीसीआर परीक्षण गर्दा २५ हजार ४५४ जनामा संक्रमण पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण