कोभिड–१९ स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
सोमबार अर्थमन्त्रालयमा भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गर्दै अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरु, प्रदेश, स्थानीय तह, गैरसरकारी संस्था लगायतलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायतका सामग्रीहरुको आयातमा बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।
सो अवसरमा उनले एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न समेत कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि मन्त्री पौडेलले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण