प्रियंकाका श्रीमान् निक जोनस अस्पतालबाट डिस्चार्ज : भने, ‘म अब पूर्ण रुपमा ठिक छु’
नायिका प्रियंका चोपडाका श्रीमान् तथा हलिउड स्टार निक जोनस हालै सिंगिङ रियालिटी शो ‘द भोइस’ को सुटिङका बेला घाइते भएका थिए । यसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । अब निक जोनसले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले अब आफू पूर्ण रुपमा निको भएको र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको बताए । यस्तै, निकले पुनः शोको सुटिङ गर्न सुरु गरिदिएका छन् ।
बाइकबाट खस्दा करङको हड्डी थोरै चर्कियोः
कार्यक्रमको लाइभ एपिसोडका बेला निकले यो घटनाबारे खुलेर कुरा गरेका छन् । उनले भने, ‘म अब पूर्ण रुपमा ठिक महसुस गरिरहेको छु । बाइकबाट लडेका कारण मेरो करङको हड्डी थोरै चर्किएको थियो । यसबाहेक मलाई अरु चोट पनि लागेको थियो । म यति भन्न चाहन्छु कि म शारीरिक रुपमा त्यति उत्साहित महसुस गरिरहेको छैन, जति पनि साधारणतया गर्ने गर्छु ।’
हास्दा करङको चोटमा दुख्छः
आफ्नो स्वास्थ्यबारे जानकारी दिएपछि सह–निर्णायक ब्लेक शेल्टनले उनको करङमा लागेको चोट दुख्ने भएकोले धेरै नहसाउन भनेका छन् । यसबारे ब्लेकले ठट्टा गर्दै भन्छन्, ‘तपाईं यो शोका बेला सहानुभूति प्राप्त गर्ने कोसिस गरिरहनुभएको छ । ’
निकले शोमा फिर्ता हुँदै सेटबाट आफ्नो एउटा भिडियो पनि सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा उनका प्रशंसकले निकै प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘तपाईंलाई ठिक देखेर धेरै नै खुसी लागिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण