राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई सहयोग गर्ने माधवको प्रतिवद्धता
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।
मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका थिए । थापाको आग्रहलाई जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको थापाको सचिवालयले जनाएको छ । ‘पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेस नोटमा भनेका छन्, ‘भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण