शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युनाइटेडले खराब रेकर्ड बनाउँदा काभानी भने ‘एलिट’ क्लबमा

बुधबार, ०५ जेठ २०७८, १४ : ०४
बुधबार, ०५ जेठ २०७८

फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो ।

गत हप्ता क्लबसँग एक वर्षको करार थप गरेका उरुग्वेका स्ट्राइकरले ४० यार्ड टाढाबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, भेटरान स्ट्राइकरको गोलको जवाफमा जो ब्रायनले गोल गर्दै खेल बराबरी गरे ।

यो सिजन काभानीको यो १० औँ गोल थियो । योसँगै ३४ वर्षीय खेलाडी युनाइटेडका लागि एकै सिजनमा सो कोशेढुंगा पार गर्ने ३३ वर्ष माथिका मात्र तेस्रो खेलाडी बनेका हुन् । यसअघि सन् २०००–०१ सिजनमा टेडी सेरिङहम र सन् २०१६–१७ मा ज्लाटान इब्राहिमोविचले सो उपलब्धि हासिल गरेका थिए । सेरिङहमले सो सिजन १५ गोल तथा इब्राहिमोविचले १७ गोल गरेका थिए ।

यता, युनाइटेडले यो सिजन जीतको अवस्थाबाट ओल्ड ट्राफोडमा १० अंक गुमाएको छ । कुनै पनि प्रिमियर लिगको सिजनमा युनाइटेडले यति धेरै अंक गुमाएको यो पहिलो अवसर हो ।

स्रोत : गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप