युनाइटेडले खराब रेकर्ड बनाउँदा काभानी भने ‘एलिट’ क्लबमा
फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो ।
गत हप्ता क्लबसँग एक वर्षको करार थप गरेका उरुग्वेका स्ट्राइकरले ४० यार्ड टाढाबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, भेटरान स्ट्राइकरको गोलको जवाफमा जो ब्रायनले गोल गर्दै खेल बराबरी गरे ।
यो सिजन काभानीको यो १० औँ गोल थियो । योसँगै ३४ वर्षीय खेलाडी युनाइटेडका लागि एकै सिजनमा सो कोशेढुंगा पार गर्ने ३३ वर्ष माथिका मात्र तेस्रो खेलाडी बनेका हुन् । यसअघि सन् २०००–०१ सिजनमा टेडी सेरिङहम र सन् २०१६–१७ मा ज्लाटान इब्राहिमोविचले सो उपलब्धि हासिल गरेका थिए । सेरिङहमले सो सिजन १५ गोल तथा इब्राहिमोविचले १७ गोल गरेका थिए ।
यता, युनाइटेडले यो सिजन जीतको अवस्थाबाट ओल्ड ट्राफोडमा १० अंक गुमाएको छ । कुनै पनि प्रिमियर लिगको सिजनमा युनाइटेडले यति धेरै अंक गुमाएको यो पहिलो अवसर हो ।
स्रोत : गोलडटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण