मोरङका बैंक तथा वित्तीय संस्था एक साताका लागि बन्द गर्न राष्ट्र बैंकको परिपत्र
नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले कोरानाको महामारीको दर बढेको भन्दै मोरङ जिल्लाका सवै बैंक तथा वित्तीय संस्थाहरु एक साताका लागि बन्द गर्न परिपत्र गरेको छ । महामारीका संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै जिल्लामा रहेका जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु आगामी जेठ ११ गतेसम्मका लागि बन्द गर्न पत्राचार गरेको हो ।
राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सवै बैंकिङ क्रियाकलाप बन्द जिल्लाभर सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवाबाहेक अन्य सेवा बन्द हुनेछ । मोरङ प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै आएपनि यसअघि बैंक तथा वित्तीय संस्थाहरु भने आलोपालो गरेर खुल्दै आएका थिए राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो ।
बैंकिङ कारोबारका लागि बैंक नै पुग्ने बानीमा परिवर्तन नभएका कारण भिडभाड बढेर संक्रमणको जोखिम कायमै रहेको भन्दै पछिल्ला दिनमा बैंक बन्द गर्न दबाब परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण