मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको गोली लागी युवकको मृत्यु भएपछि आयोगको चासो

बिहीबार, ०६ जेठ २०७८, १६ : २२
बिहीबार, ०६ जेठ २०७८

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकैको प्रतापपुर गाउँपालिका, ६ कठहवामा शसस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश रायको मृत्यु प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले चसो व्यक्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा लुम्बिनी प्रदेश कार्यालयले उक्त घटना सम्बन्धमा अनुगमन शुरु गरेको उल्लेख सहित भनिएको छ, ‘आयोगले स्थानीय प्रहरी प्रशासनसँग तत्कालै आवश्यक जानकारी लिएको छ । सीमा नाका बन्द रहेको अवस्थामा सीमा पार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको छ ।’ 

घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आयोगले आजै पत्राचार समेत गरेको आयोगले जनाएको छ।  रायको बुधबार सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप