आफ्नो भविष्यबारे केनले टोट्टेनह्यामका अध्यक्षसँग कुराकानी गर्ने
एजेन्सी । टोट्टेनह्यामका स्ट्राइकर ह्यारी केनले क्लबका अध्यक्ष डेनियल लेभीसँग आफ्नो भविष्यका विषयमा राम्रो र इमानदार कुराकानी हुने आशा व्यक्त गरेका छन् । यसै साता सार्वजनिक रिपोर्टअनुसार क्लबका कप्तान केनले टोली छाड्नका लागि भद्र सहमति गरेका पछन् र औपचारिक रुपमा क्लब छाड्ने अनुमति पनि मागेका छन् । २७ वर्षीय केनले यसअघि गेरी नेभिल्लीसँगको अन्तर्वार्ताका दौरान कुनै पश्चातापसहित आफुले करियर अन्त्य गर्न नचाहेको बताएका थिए ।
‘क्लबसँग अवश्यक पनि संवाद हुन जरुरी छ’ उनले भने, ‘अध्यक्षसँग राम्रो र इमान्दार संवाद जरुरी छ । एउटा खेलाडीका रुपमा अध्यक्षले के सोच्दैछन् भन्ने तपाईलाई थाहा हुन्न् । हुनसक्छ उनले मलाई बेच्न चाहेका छन् । १० करोड पाउन्ड आउँछ भने किन नबेच्ने भन्ने पनि लागेको हुन्छ । आगामी दुई वा तीन वर्षमा म त्यति मूल्यको गरिरहने छैन ।’
केनले पछिल्लोपटक क्लबसँग ६ वर्षको सम्झौता गरेका थिए र यो सम्झौता २०२४ सम्म लागू रहनेछ । तर, उनले अहिलेसम्म टोट्टेनह्यामबाट उपाधि जितेका छैनन् । बिहीबार एस्टन भिल्लासँग पराजित भएको टोट्टेनह्याम ५९ अंकसहित सातौं स्थानमा छ र अन्तिम खेलमा उसले लेस्टर सिटीको सामना गर्दैछ । युरोपा लिगमा छनोट हुने हो भने लेस्टर सिटीलाई हराउनुपर्नेछ र अर्को खेलमा साउथ ह्याम्पटनसँग वेस्टह्याम पराजित भएको हुनुपर्नेछ ।
२००८ मा लिग कप जितेयता टोट्टेनह्यामले कुनै उपाधि जितेको छैन । २०१९ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि टोट्टेनह्याम पराजित भएको थियो ।
इङल्यान्डका पूर्व कप्तान एलन सियरेरले केन अन्य क्लबमा जाने भविष्यवाणी गरिसकेका छन् । ‘उनले क्लबका लागि सबै दिइसकेका छन् । उनी निकै उत्कृष्ट छन् । हामी सबैलाई थाहा छ, उनले अघिल्लो सिजन नै क्लब छाड्ने अनुमति मागेका हुन सक्छन् र क्लब व्यवस्थापनलाई उनलाई थप एक वर्ष बस्न आकर्षित गरायो’ सियरेरले भने, ‘केही ठूला क्लबहरू उनको पछि छन् । म्यानचेस्टर सिटी,म्यानचेस्टर युनाइटेड र चेल्सीलाई कोही आवश्यक हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण