देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा
शुक्रबार, ०७ जेठ २०७८, २० : ४३
काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे ।
पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको छ । ‘उहाँहरु संसदीय दलको सदस्य हो । एमाले संसदीय दलको सदस्य भनेको एमालेकै सदस्य हो र अन्त कतै सहि गरेको छ भने हामी छानविन गर्दैछौ भनेर भनिएको छ’ तामाङ ले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण