बेलायतमा २ हजार ८ सय संक्रमित, ९ जनाको मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५७ हजार ९२३ पुगेको छ । केहि दिनयता संक्रमण दरमा सामान्य वृद्धि हुदै गइरहेको तथ्यांकले देखाएको छ । हाल बेलायतमा ‘इन्डियन भेरिएन्ट’को संक्रमण दर बढ्दै गएको छ । हालसम्म तीन हजार भन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् ।
यसैगरी बितेको २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७१० पुगेको छ । मृतक संख्यामा भने लगातार कमी देखिएको छ । हाल बेलायतका अस्पतलमा ९१३ जना संक्रमितको उपचार भइरहेको छ भने १२३ जनाको भेन्टिलेटर बेडमा औपचारिक भैरहेको छ ।
बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ३२ हजार रहेको छ भने छ ४२ लाख ९७ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
५ करोड ९१ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ९१ लाख ७८ हजार ३९७ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ७५ लाख १८ हजार ६१४ जनाले पहिलो र दुई करोड १६ लाख ५९ हजार ७८३ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।
हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ५१ हजार नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ६ लाख २ हजार, ब्राजिलमा ४ लाख ४४ हजार, भारतमा २ लाख ९५ हजार, मेक्सिकोमा २ लाख २१ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २५ हजार, रसियामा १ लाख १७ हजार र फ्रान्समा एक लाख ८ हजारको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण