सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा झण्डै ५० करोड डोज खोप लगाइयो

आइतबार, ०९ जेठ २०७८, १८ : ४७
आइतबार, ०९ जेठ २०७८

बेइजिङ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ । 

कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ ।  विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरू लगाइरहेको छ । 

बिबिसीका अनुसार विश्वभर करिब एक अर्ब ६० करोड डोज खोप लगाइएको छ ।  यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् । त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप