मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
सोमबार, १० जेठ २०७८, १९ : ०५
पोखरा । कास्कीमा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ठाँटी, रिभानबाट लुम्लेतर्फ जादै गरेको ग १४ प ९७५५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा घाइते भएका युवाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका माछापुच्छ्रे–८ लुम्लेका १८ वर्षीय लक्की बिकको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण