अभिनेत्री एन्जेलिना जोलीले गरिन् खतरनाक फोटो सुट
एजेन्सी । हलिउडकी अभिनेत्री एन्जेलिना जोलीले सबैभन्दा अजीव तथा च्यालेन्जिङ फोटो सुट गराएकी छन् । तस्बिरको अहिले सबैतिर चर्चा भइरहेको छ । चर्चाको कारण तस्बिर सुटमा मौरीको प्रयोग पनि हो । जोलीले मौरी पालनलाई जोड दिन एक खतरनाक तस्बिर सुट गराएकी हुन् । जुन भाइरल भैरहेको छ । तस्बिरमा जोलीको शरीर भरि मौरी बसेको देख्न सकिन्छ । उनले पुरै १८ मिनेट आफ्नो शरीर भरि मौरी राखेर तस्बिर सुट गरेकी हुन् । यो क्रममा उनलाई केही हानी नोक्सानी भने भएको छैन ।
जोलीले यो तस्बिर सुट नेशनल ज्योग्राफिक म्यागजिनका लागि गरेकी हुन् । फोटो सुट वर्ल्ड बी डेमा मौरी पालनको लागि प्रोत्साहन गर्नका गरिएको हो । फोटोग्राफर तथा मौरी पालक ड्यान विन्टर्सका अनुसार मौरीलाई शान्त राख्न, शरीरमा झुन्ड बनाउन र जोलीलाई नोक्सान नपुर्याउन विशेष योजना बनाइएको थियो । तस्बिर सुट निकै सावधानीसँग गरिएको थियो । शनल जियोग्राफिकले पनि उनको तस्बिर सुटको एक भिडियो समेत बनाएर इस्टाग्राममा शेयर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण