अभिनेत्री एन्जेलिना जोलीले गरिन् खतरनाक फोटो सुट

एजेन्सी । हलिउडकी अभिनेत्री एन्जेलिना जोलीले सबैभन्दा अजीव तथा च्यालेन्जिङ फोटो सुट गराएकी छन् । तस्बिरको अहिले सबैतिर चर्चा भइरहेको छ । चर्चाको कारण तस्बिर सुटमा मौरीको प्रयोग पनि हो । जोलीले मौरी पालनलाई जोड दिन एक खतरनाक तस्बिर सुट गराएकी हुन् । जुन भाइरल भैरहेको छ । तस्बिरमा जोलीको शरीर भरि मौरी बसेको देख्न सकिन्छ । उनले पुरै १८ मिनेट आफ्नो शरीर भरि मौरी राखेर तस्बिर सुट गरेकी हुन् । यो क्रममा उनलाई केही हानी नोक्सानी भने भएको छैन ।
जोलीले यो तस्बिर सुट नेशनल ज्योग्राफिक म्यागजिनका लागि गरेकी हुन् । फोटो सुट वर्ल्ड बी डेमा मौरी पालनको लागि प्रोत्साहन गर्नका गरिएको हो । फोटोग्राफर तथा मौरी पालक ड्यान विन्टर्सका अनुसार मौरीलाई शान्त राख्न, शरीरमा झुन्ड बनाउन र जोलीलाई नोक्सान नपुर्याउन विशेष योजना बनाइएको थियो । तस्बिर सुट निकै सावधानीसँग गरिएको थियो । शनल जियोग्राफिकले पनि उनको तस्बिर सुटको एक भिडियो समेत बनाएर इस्टाग्राममा शेयर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्ला अपडेट : जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, सशस्त्र प्रहरी परिचालन
-
समयानुकूल कानुन नहुँदा काम गर्न समस्या भयो: मुख्यमन्त्री लामा
-
६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय
-
तीनकुनेको घटना अपराधकर्म हो, धर्मसँग जोडेर नहेरौँ : गृहमन्त्री
-
सम्झौताअनुसार भारत–नेपाल सीमा नाका खोल्न भारतीय नेतासमक्ष आग्रह
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा