सेयर बजारमा सामान्य करेक्सन
लगातार आफ्नै रेकर्ड ब्रेक गरेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन आएको छ । मंगलबार नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा आइपुगेको छ । ०.२३ प्रतिशतले घटेको बजारमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २१९ कम्पनी कारोबारमा सामेल भए । मंगलबार ६ वटा समूहमा बढोत्तरी छ भने ७ वटा समूह ओरालो लागेको छ । ४ वटा समूहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो ।
कारोबार रकमका आधारमा अरुण काबेली पावर कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । अहिले जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बढी कारोबार हुनेमा एसियन लाइफ इन्स्योरेन्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण