शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिँदै

मङ्गलबार, ११ जेठ २०७८, २२ : ४६
मङ्गलबार, ११ जेठ २०७८

कर्णाली प्रदेश सरकारले रिलिफ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । मन्त्रिपरिषद बैठकले अक्सिजन अभावको समस्यालाई निराकरण गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट  स्थापना गर्न दुई करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

प्लान्ट स्थापना गर्नका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रकम थप गर्ने भएको हो । त्यस्तै खाद्यान्न अभाव हुन नदिनका लागि प्रदेश सरकारले खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत लाई ८३०० क्वीन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८  हजार ८ सय ३३ रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । 

यसका साथै खाद्यान्न खरिदका लागि डोल्पा र कालिकोटका स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्न स्वीकृत समेत प्रदान गरेको छ । त्यस्तै कर्णाली प्रदेश अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको म्याद आगामी असार मसान्त सम्म का लागि थप गरेको छ ।

त्यस्तै प्रदेश सरकारले जलश्रोतको एकीकृत उपयोग, व्यवस्थापन तथा संरक्षण नीति २०७८ लाई स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप