बेलायतमा कोरोनाबाट थप १५ जनाको मृत्यु
बेलायतमा पछिल्लो २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७३९ पुगेको छ । पछिल्ला दिनहरुमा बेलायतमा कोरोनाका कारण मृत्यु हुने संख्यामा लगातार कमी आएको छ । हाल बेलायतका अस्पतालमा ९७८ जना संक्रमितको उपचार भइरहेको छ भने १२१ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
यसैगरी गएको २४ घन्टामा दुई हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको सरकारी तथ्यांकमा उल्लेख छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६७ हजार ३१० पुगेको छ । संक्रमित संख्या पनि केहि समययता दुई हजार पाँच सयको हाराहारीमा रहँदै आएको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ सय रहेको छ भने निको हुनेको संख्या ४३ लाख ५ हजार ९७१ पुगेको छ ।
बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि सरकारले थप सतर्क रहन आग्रह गरेको छ । लण्डनको हस्लो, बोल्टन, बेडफोर्ड, बर्न्ली, लेइस्टर लगायतका क्षेत्रमा इन्डियन भेरियन्टको संक्रमण बढी देखिएको छ ।
बेलायतमा हालसम्म ६ करोड १४ लाख भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म ६ करोड १४ लाख २० हजार ९२८ डोज वितरण भइसकेको छ । जसमध्ये तीन करोड ८१ लाख ९२ हजार ४१७ जनाले पहिलो र दुई करोड ३२ लाख २८ हजार ५११ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण