बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट थप १५ जनाको मृत्यु

बुधबार, १२ जेठ २०७८, ०० : ०७
बुधबार, १२ जेठ २०७८

बेलायतमा पछिल्लो २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७३९ पुगेको छ । पछिल्ला दिनहरुमा बेलायतमा कोरोनाका कारण मृत्यु हुने संख्यामा लगातार कमी आएको छ । हाल बेलायतका अस्पतालमा ९७८ जना संक्रमितको उपचार भइरहेको छ भने १२१ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

यसैगरी गएको २४ घन्टामा दुई हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको सरकारी तथ्यांकमा उल्लेख छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६७ हजार ३१० पुगेको छ । संक्रमित संख्या पनि केहि समययता दुई हजार पाँच सयको हाराहारीमा  रहँदै आएको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ सय रहेको छ भने निको हुनेको संख्या ४३ लाख ५ हजार ९७१ पुगेको छ ।

बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि सरकारले थप सतर्क रहन आग्रह गरेको छ । लण्डनको हस्लो, बोल्टन, बेडफोर्ड, बर्न्ली, लेइस्टर लगायतका क्षेत्रमा इन्डियन भेरियन्टको संक्रमण बढी देखिएको छ ।

बेलायतमा हालसम्म ६ करोड १४ लाख भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म ६ करोड १४ लाख २० हजार ९२८ डोज वितरण भइसकेको छ । जसमध्ये तीन करोड ८१ लाख ९२ हजार ४१७ जनाले पहिलो र दुई करोड ३२ लाख २८ हजार ५११ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप