निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड
बुधबार, १२ जेठ २०७८, १८ : २१
काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले होल्ड गरेर चालकलाई कोभिड–१९ बारे सचेत गराएर छाड्ने गरेको छ । मास्क नलगाई हिँड्ने ९ सय ४० जनालाई प्रहरीले बुधवार मास्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ मापदण्ड पालना नगर्ने १ सय ९८ जनालाई प्रहरीले जरिवाना गरेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार बुधवार मात्रै २२ हजार जरिवाना असुल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण