आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चले नियूक्ति बदर गरेका ७ पूर्वमन्त्रीले छोडेनन् पुल्चोक मन्त्री क्वाटर

बुधबार, १२ जेठ २०७८, २२ : ५३
बुधबार, १२ जेठ २०७८

सर्वोच्च अदालतले गत जेठ ६ गते नियुक्ति बदर गरेका ७ पूर्व मन्त्रीहरुले मन्त्री क्वाटर पुल्चोक छाडेका छैनन् । फैसला भएको एक सातासम्म पनि उनीहरुले मन्त्री निवास नछोडेका हुन् । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटले पनि ७ पूर्वमन्त्रीको नाम हटाइसकेको छ ।  

अहिले पुल्चोकस्थित मन्त्री निवासमा सबै पूर्वमन्त्री रहेको र छिट्टै आफ्नो निवास फर्कने तयारीमा रहेको पूर्व मन्त्री दावा तामाङले बताए ।  यस्तै अर्का पूर्वमन्त्री पूर्वमन्त्री गौरीशंकर चौधरीले कोरोना संक्रमण भएर उपचारमा लाग्नु परेकाले केही समय लागेको जानकारी दिए । 

उनले भने– ‘अब छोड्ने हो । कोरोना र लकडाउनले गर्दा मात्रै हो रोकिएको । भाडा तिरिराखेकै पहिलेको फ्ल्याट छ, छिट्टै त्यसमै सर्छौ ।’ गैर सांसदलाई पुन मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सर्वोच्चमा छुट्टा छुट्टै रिट दायर गरेका थिए । संविधानको धारा ७८ को उपधारा १ बमोजिम नियुक्त भएका गैर सांसद मन्त्रीहरुलाई मन्त्रीको रुपमा काम कारवाही नगर्नु र गर्न नदिनु भन्दै सर्वोच्चले फैसला सुनाएको थियो । 

सो फैसलापछि गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणिचन्द्र शाह, श्रममन्त्री गौरीशंकर चौधरी र यूवा तथा खेलकुद मन्त्री दावा तामाङको मन्त्री पद गएको थियो ।  तामाङ र थापा बाहेक अन्य ५ जनालाई एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद पद खारेज गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप