यस्तो छ सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।
‘तपाई समेतका नेकपा एमालेका तर्फबाट सु.प. प्रदेशको मन्त्रिमण्डलमा सहभागी रहेका केही कमरेडहरुले पार्टी स्थायी समितिको जेठ ११ गतेको निर्णयअनुसार सुप सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र हाम्रो पार्टीका तर्फबाट त्यस मन्त्रिमण्डलमा सामेल भएका मन्त्रीहरुलाई फिर्ता हुने निर्णयको अवज्ञा गर्नुका साथै सोही विषय सम्बन्धि पार्टी प्रदेश कमिटीको निर्देशन समेत अवज्ञा गर्नुभएको छ’ शाहलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण