धरानमा युवाहरुको समूहद्वारा प्रहरी चौकीमा आक्रमण,एक प्रहरी घाइते
विराटनगर । हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् । ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूले एक्कासि आक्रमण गरेछन्, त्यहाँ कार्यरत असई साब घाइते भएर उपचारको लागि लगिएको भन्ने जानकारी प्राप्त भएको छ,’उनले भने ।
उनलाई खुकुरी प्रहार गरिएको र हातमा चोट लागेको बताइएको छ । घटनाको थप विवरण आउने बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीमाथि आक्रमण गर्ने युवाहरुको खोजी कार्यमा प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण