बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतः सामूहिक बलात्कारका दुई अभियुक्तले भाग्ने कोसिस गर्दा प्रहरीले चलायो गोली

शुक्रबार, १४ जेठ २०७८, १६ : ३२
शुक्रबार, १४ जेठ २०७८

पूर्वोत्तर भारत र बंगलादेशमा भाइरल भएको सामूहिक बलात्कारको एउटा भिडियो क्लिपपछि जब प्रहरी बेंगलुरु पूर्वमा स्थित घटनास्थलमा पुग्यो तब दुई अभियुक्तले त्यहाँबाट भाग्ने कोसिस गरे जसका कारण प्रहरीले उनीहरुमाथि गोली चलाएको छ ।

बेंगलुरु पूर्वको राममूर्तिनगरको एक तीन तले भवनमा एक महिलामाथि बलात्कार र यातनाको यो भिडियो पूर्वोत्तर भारत र बंगलादेशमा भाइरल भएपछि बेंगलुरु प्रहरीले चार पुरुष र दुई महिलालाई पक्राउ गरेको छ ।

यो भिडियोको मूल स्रोत दक्षिणी शहरको एउटा मोबाइल नम्बर पत्ता लागेको छ ।

कर्नाटकका गृहमन्त्री बसावराज बोम्मईले पत्रकारसँगको कुराकानीमा भने, ‘केन्द्रय खेलमन्त्री किरेन रिजिजूले यो घटनाबारे ट्वीट गरे र बेंगलुरु प्रहरीले केही घण्टामा नै अभियुक्तबारे पत्ता लगाएर उनलाई पक्राउ गरेको छ । थप अनुसन्धान जारी छ ।’

सामूहिक बलात्कारकी पीडित र सबै अभियुक्त बंगलादेशका बासिन्दा हुन् । पीडितलाई कथित रुपमा मानव तस्करी अन्तर्गत बेंगलुरु ल्याइएको थियो र सामूहिक बलात्कारको यो घटना करिब ६ दिन अघि भएको थियो ।

को हुन् अभियुक्त ?

बेंगलुरुका प्रहरी कमिश्नर कमल पन्तले ट्वीट गरे, ‘पीडितबारे थप जानकारी प्राप्त गर्नका लागि प्रहरीको समूहलाई छिमेकको एक राज्यमा पनि पठाइएको छ ता कि अनुसन्धानमा यसलाई समावेश गर्न सकियोस् । हालसम्म प्राप्त जानकारी अनुसार यी सबै एकै समूहका हुन् र बंगलादेशका बासिन्दा हुन् । पीडित पनि एक बंगलादेशी हुन् । उनलाई तस्करी गरेर भारत ल्याइएको थियो र पैसाको मामिलामा उनलाई प्रताडित गरियो र उनीमाथि क्रुरता अपनाइयो ।’

एक अन्य अधिकारीले नाम नबताउने शर्तमा भिडियोलाई अभियुक्तले नै रेकर्ड गरेको जसलाई पछि अनलाइनमा सेयर गरिएको बताए ।

अभियुक्तमा रखीमुद्दीन इस्लाम सागर (२३), मोहम्मद बाबू साहिक (३०), हृदोय बाबू (२५) बेंगलुरुका बासिन्दा हुन् जबकी हमिक (२३) हैदराबादका बासिन्दा हुन् । प्रहरीले अहिलेसम्म महिला अभियुक्तको नाम सार्वजनिक गरेको छैन ।

अभियुक्तले भाग्ने कोसिस गरेः

शुक्रबार बिहान करिब साढे ६ बजे प्रहरीको टिमले अभियुक्तलाई घटनास्थलमा लिएर जाँदा तीमध्ये दुई जनाले भाग्ने कोसिस गरे ।

बेंगलुरु पूर्वका प्रहरी उपायुक्त एस डी शरनप्पाले भने, ‘हृदोय बाबू र रखीमुद्दीन इस्लाम सागरले हाम्रा मानिसहरुमाथि हमला गर्ने कोसिस गरे र भागे । प्रहरी गोली चलाउन बाध्य भयो । उनीहरुलाई खुट्टामा गोली लागेको छ ।’

कमल कान्तले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘महिलालाई हाम्रो समूहले केरलबाट ल्याइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप