युरोपका चार देशका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने
शुक्रबार, १४ जेठ २०७८, १८ : ३७
बेइजिङ । पोल्याण्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरूले चीनको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन् ।
पोल्याण्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षा मन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापार मन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लाग्नुभएको मन्त्रालयको भनाई छ ।
चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी को निमन्त्रणमा उनीहरु चीन भ्रमण गर्न लाग्नु भएको पनि प्रवक्ता लिजियानले बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण