अक्सिजनको अभावमा पोखरामा एकैसाथ ६ जनाको निधन हुनु दुःखद : काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै काँग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन् । काँग्रेसले देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका घटनाहरूको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ ।
अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका छ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युपश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण