शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारलाई अस्पतालमा निःशुल्क उपचार, यस्तो छ मिडिया क्षेत्रलाई बजेटमा सम्बोधन

शनिबार, १५ जेठ २०७८, २२ : १७
शनिबार, १५ जेठ २०७८

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । 

उनले केही मिडिया नीति पनि सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लागि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका छन् । 

यस्तो छ मिडियाका लागि बजेटमा सहुलियत र सुविधा
श्रमजीवी पत्रकारको लागि रु. ७ लाख सम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था ।  आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देश भित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार । 

सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने । 

नेपाल पत्रकार महासंघको निर्माणाधिन भवन सम्पन्न गर्न आवश्यक रकम विनियोजन ।

नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न सञ्चार ग्राम परिसरमा प्रेस संग्रहालय स्थापना गर्ने । कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखन वृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कजाए सुविधा दिने । 

नेपाल सरकारले सञ्चार प्रतिष्ठानलाई लोककल्याणकरी विज्ञापन वापत उपलव्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गर्ने । निजी क्षेत्रबाट समेत विज्ञापन वापत प्राप्त आम्दानीको १० प्रतिशत रकम उक्त कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने ।

सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने । नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एन टिभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप