बेलायती प्रधानमन्त्रीले गरे सुटुक्क तेस्रो विवाह

आफ्नै सहयोगीहरुलाई समेत पत्तो नदिई बोरिस जोनसन र क्यारी साइमन्डस्ले बिहे गरेका छन् । शनिबार वेस्ट मिनिस्टर क्याथरल भ्रमण गरिरहेका पर्यटकले पनि त्यहाँ ‘वर्षकै ठूलो वैवाहिक समारोह’ चल्दैछ भन्ने पत्तो पाएनन् ।
दिउँसो २ बजे, चर्च अचानक बन्द भएको आधा घण्टापछि प्रधानमन्त्रीको विवाह सुरु भयो । ५६ वर्षीय प्रधानमन्त्री र उनकी दुलही ३३ वर्षीय क्यारीले एक अर्कालाई किस गरे, सँगै बस्ने वाचा गरे ।
यस सुखद् अवसरमा उनीहरुका एक वर्षीय छोरा पनि उपस्थित थिए । क्यारी निकट स्रोतलाई उद्धृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ, ‘यो सबै कुरा निकै गोप्य र योजनाबद्ध रुपमा गरिएको थियो । यो गोप्यताले नै यो दिनलाई विशेष बनायो ।’
यस समारोहमा ३० भन्दा कम अतिथीहरुलाई निम्त्याइएको थियो र उनीहरुलाई अन्तिम अवस्थामा मात्रै खबर पुगेको थियो । जबकी, बिहेको योजना भने ६ महिना अघिदेखि नै बनेको थियो । क्यारी प्रधानमन्त्री बोरिसकी तेस्री श्रीमती हुन् ।
क्यारी र बोरिस सन् २०१८ देखि निकट बनेका थिए, जतिबेला बोरिस बेलायतको विदेशमन्त्री थिए । यस निकटतापछि बोरिसकी तत्कालीन श्रीमती मारिना ह्वीलरले डिभोर्स फाइल गरेकी थिइन् । जुलाई २०१९ मा बोरिस प्रधानमन्त्री बनेपछि क्यारी पनि प्रधानमन्त्रीकै आवास गृहमा सरिन् । फेब्रुअरी २९, २०२० मा यो दम्पत्तीले आफुहरुबीच ‘इन्गेजमेन्ट’ भइसकेको र पहिलो बच्चा जन्मन लागेको घोषणा गरेका थिए ।
बोरिसको यो तेस्रो बिहे हो, सन् १९८७ मा उनले अलेग्रा मस्टयन ओवेनसँग बिहे गरेका थिए, तर १९९३ मा सम्बन्ध विच्छेद भयो, त्यसपछि उनले मोरिना ह्वीलरसँग बिहे गरे । यो दम्पतीका चार छोराछोरी समेत छन् । उनीहरुबीच २०१८ मा डिभोर्स भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?