आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ
भारतको बनारसमा कोभिड संक्रमण नभएकी महिलाबाट जन्मिएका शिशुमा संक्रमण देखिएको छ । जन्मनासाथ शिशुमा कोरोनाको संक्रमण देखिएको हो । २६ वर्षीय आमाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो ।
२५ मेइमा महिलाले एक बालिकालाई जन्माइन् । लगत्तै ती शिशुको कोरोना परीक्षण गरियो । आमा नेगेटिभ भएपनि नवजातको परीक्षण रिपोर्ट पोजेटिभ देखियो । यस घटनाले चिकित्सक र परिवारलाई स्तब्ध भएको छ । अस्पतालले केही दिनभित्र फेरि दुबैको कोभिड परीक्षण गर्ने जनाएको छ । एसएसएल अस्पतालका चिकित्सा अधिक्षक केके गुप्ताका अनुसार यो कुनै असामान्य घटना भने होइन ।
उनले भने, ‘आरटी पिसिआर परीक्षणको एक्युरेसी ७० प्रतिशतसम्म थियो । महिलाको नमूना त्यस संवेदनशीलताभन्दा माथि हुनसक्छ । त्यसैकारण महिलाको कोभिड परीक्षण फेरि गरिनेछ ।’ अहिले आमा र नवजात शिशु दुबैको अवस्था ठिक छ । उनीहरु दुबै स्वस्थ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण