गण्डकीमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार कास्कीमा ८, लमजुङ १, तनहुँ ४, मुस्ताङ १, पर्वत १ र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–६ की ६० वर्षीय महिला, पोखरा–३१ का ७१ वर्षीय महिला, पोखरा–२९ की ७१ वर्षीय महिला, पोखरा–१० का ९५ वर्षीय पुरुष, पोखरा–१३ का ७५ वर्षीय पुरुष, पोखरा–११ का ८७ वर्षीय पुरुष, पोखरा–१७ का ६४ वर्षीय पुरुष र कास्कीको अन्नपूर्ण–८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी तनहुँ आँबुखैरनी–२ की ४३ वर्षीय महिला, भिमाद–९ का ४८ वर्षीय पुरुष, शुक्लागण्डकी –७ का ५६ वर्षीय पुरुष, ब्यास–२ का ४६ वर्षीय पुरुष, पर्वत मोदी–७ का ७१ मुस्ताङ बागलुङ–१ का ४१ वर्षीय महिलाको मृत्यु भएको छ । त्यसैगरी बागलुङ गलकोट–३ का ३८ वर्षीय पुरुष र लमजुङको बेशीसहर नगरपालिका–४ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण