कर्णालीमा घट्दै कोरोना संक्रमणदर
कर्णाली प्रदेशमा पछिल्लो तीन चार दिनयता कोरोना संक्रमित र मृत्युदरको ग्राफ घट्दो क्रममा छ । कोरोना संक्रमितको संख्या न्यून र कोरोना जित्नेको संख्या बढेको छ ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । ३ सय १३ जनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ८९ जना र २ सय २६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य सेवा निर्देशनालयले बताएको छ ।
संक्रमित हुनेमा सबैभन्दा धेरै सल्यानका ५५ जना रहेका छन भने सुर्खेतका २५ जना रहेका छन। यस्तै जुम्लाका १६, रुकुमपश्चिमको १५, मुगुका १४, दैलेखका १०, कालिकोटका ६, जाजरकोटका ४, डोल्पाका २, हुम्लाका १ तथा अन्य प्रदेशका २ जना रहेका रहेका छन् ।
योसँगै कर्णालीमा कोराना भाइरसका संक्रमितको संख्या २२ हजार ८ सय ६० पुगेको छ। यस्तै कर्णालीमा आज थप २ सय ३९ जना संक्रमित कोरोनाको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन। योसँगै निको हुनेको संख्या १५ हजार ७ सय ५१ पुगेको छ ।
अब ५ हजार ७ सय २८ जना सक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा सुर्खेत र दैलेखका समान २, २ जना गरी थप ४ संक्रमितको कोरोना संक्रमणका कारण ज्यान गएसँगै मृतकको संख्या २ सय ४१ पुगेको छ । यो पनि विगतका दिनको तुलनामा केही कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण