चीनमा दुई सन्तान नीति परिवर्तन, दम्पत्तीलाई तेस्रो सन्तान जन्माउन सरकारले प्रोत्साहन गर्ने
सोमबार, १७ जेठ २०७८, १४ : २७
चीन सरकारले दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने भएको छ । अब चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति हुनेछ ।
चीनको सरकारी एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।
चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ ।
तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिइने जानकारीमा उल्लेख छ ।
चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको अवस्थामा यस्तो निर्णय लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण