मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको उपाधि जित्दा चेल्सीले कति रकम हात पार्‍यो ?

सोमबार, १७ जेठ २०७८, १४ : ५३
सोमबार, १७ जेठ २०७८

च्याम्पियन्स लिगको उपाधि जित्दै चेल्सीले ठूलो धनराशी हात पार्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको हो । चेल्सीले प्रतिष्ठित प्रतियोगिताको कप मात्र जितेन, सँगसँगै ठूलो धनराशी पनि हात पार्न सफल भएको छ ।

च्याम्पियन्स लिगमा कुनै पनि क्लबले कुन चरणसम्म पुग्छ र कति खेल जित्छ भन्ने आधारमा रकम प्राप्त गर्दछ । समूह चरणसम्म पुग्ने हरेक टोलीले १३.१४ मिलियन पाउन्ड प्राप्त गर्दछ भने समूह चरणमा हरेक जितका लागि २.३२ मिलियन पाउन्ड र बराबरीका लागि ७.७० लाख पाउन्ड पाउँछ ।

नकआउट चरणमा पुग्ने टोलीले थप रकम प्राप्त गर्दछन् । अन्तिम १६ पुग्ने टोलीले थप ८.१६ मिलियन पाउन्ड पाउँछन् भने क्वार्टरफाइनल पुग्ने टोलीले ९ मिलियन पाउन्ड र सेमिफाइनल पुग्ने टोलीले १०.३ मिलियन पाउन्ड प्राप्त गर्छन् ।

प्रतियोगिताको विजेताले १६ मिलियन पाउन्ड पाउँछ भने उपविजेताले १३ मिलियन पाउन्ड पाउँछ ।

म्यान्चेस्टर सिटीले समूह चरणका ५ खेल जितेको थियो भने एउटामा बराबरी गरेको थियो । यसको अर्थ उसले फाइनलअघि ५० मिलियन पाउन्ड कमाएको थियो । उपविजेताभन्दा उसले ६० मिलियन पाउन्डभन्दा बढी प्राप्त गर्न सफल भएको छ ।

उता, चेल्सीले समूह चरणमा चारवटा खेल जितेको थियो भने दुईवटामा बराबरी गरेको थियो । यसको अर्थ फाइनलअघि उसले ५० मिलियन पाउन्डभन्दा केही कम कमाएको थियो । फाइनल जितेपछि उसको आमदानी ७० मिलियन डलरको आसपास रह्यो ।

यो रकम प्रदर्शनको हिसाबले मात्र हो । यूईएफएले ‘मार्केट पुल’ अनुसार टेलिभिजनको मार्केटको आधार थप रकम पनि क्लबलाई प्रदान गर्दछ ।

च्याम्पियन्स लिगको तुलनामा युरोपा लिगबाट प्राप्त गर्ने रकम निकै न्युन रहेको छ । उदाहरणका लागि म्यान्चेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणबाट ८.५ मिलियन पाउन्ड मात्र प्राप्त गर्यो तर च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिँदा पनि उसले २३ मिलियन पाउन्ड हात पारेको थियो ।

मिरर अनलाइन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप