गण्डकीमा फेरि बढ्यो संक्रमण, एकैदिन थपिए ८४२ कोरोना संक्रमित
पोखरा । गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ८४० जनामा कारोना संक्रमण देखिएको हो । आइबार प्रदेशमा कोरोना संक्रमितको संख्या घटेर ५४० पुगेकामा सोमबार थप ३०० जना बढी अर्थात ८४० संक्रमित पुगेका हुन् ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षण ३५१ पुरुष र ४९१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा १५६, म्याग्दी ३८, स्याङ्जा ६७, बाग्लुङ ११०, पर्वत ३६, तनहुँ ६१, गोरखा २४०, लमजुङ ३७ र नवलपुरमा ९७ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ५२४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण