गण्डकीमा फेरि बढ्यो संक्रमण, एकैदिन थपिए ८४२ कोरोना संक्रमित
पोखरा । गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ८४० जनामा कारोना संक्रमण देखिएको हो । आइबार प्रदेशमा कोरोना संक्रमितको संख्या घटेर ५४० पुगेकामा सोमबार थप ३०० जना बढी अर्थात ८४० संक्रमित पुगेका हुन् ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षण ३५१ पुरुष र ४९१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा १५६, म्याग्दी ३८, स्याङ्जा ६७, बाग्लुङ ११०, पर्वत ३६, तनहुँ ६१, गोरखा २४०, लमजुङ ३७ र नवलपुरमा ९७ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ५२४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ
-
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
-
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-
संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
-
चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
-
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)