बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायलाई सञ्चारमाध्यममा नबोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

मङ्गलबार, १८ जेठ २०७८, १९ : ०८
मङ्गलबार, १८ जेठ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायलाई सञ्चारमाध्यममा नबोल्न तथा अनधिकृत रुपमा टिप्पणी नगर्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायहरुले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गर्दा धेरैलाई द्विविधा बनाउने र भ्रमित तुल्याउने गरेको प्रस्ट पारेको छ ।

कोभिड महामारीसहित समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारी तथा निकाय बाहेकले आधिकारिक जानकारी वा पुस्ट्याई गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अनुरोध गर्ने निर्णय भएको पनि मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार मन्त्रालयले अनधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्ने कार्य नगर्न नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप