बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा संसदीय दलका नेताहरुसँग छलफल

मङ्गलबार, १८ जेठ २०७८, १९ : ४२
मङ्गलबार, १८ जेठ २०७८

प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका हुन् ।  उनले  आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग छलफल गरेका हुन् । 

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र  संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

 छलफलका क्रममा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए । सो क्रममा बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएका ेछ । 

सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नगर्न समेत विपक्षी दलका नेताहरुलाई उनले आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप