बेलायतमा कोरोनाबाट हुने मृतक संख्या शून्य
बेलायतमा पहिलो पल्ट कोरोना संक्रमणका कारण हुने मृतक संख्या शून्यमा झरेको छ । कोरोना महामारीको दोस्रो लहर शुरु भएयता पहिलो पल्ट कोरोनाका मृतक संख्या शून्यमा झरेको हो । पछिल्लो समय कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गैरहेको छ भने मृतक संख्या भने लगातार कमी देखिएको छ । बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनहरुमा संक्रमण दर सामान्य वृद्धि हुँदै गइरहेको छ ।
पछिल्लो २४ घन्टामा थप तीन हजार १६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९० हजार ४८३ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण हुने मृतक संख्या शून्य रहेको छ ।
बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७८२ पुगेको छ । बेलायतमा महामारीको दोस्रो लहर शुरु भएपछि जारी लकडाउन पूर्ण रुपमा खुलिसकेको छैन ।
यहि जुन २१ तारिखबाट लकडाउनसम्बन्धी सम्पूर्ण कानूनी बन्देजहरु फुकुवा गर्ने सरकारको घोषणा भएपनि केहि दिनयता संक्रमण दर बढ्दै गएपछि लकडाउन खोल्ने निर्णयलाई तत्कालका लागि पर सार्नुपर्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
बेलायतमा पुनः कोरोना महामारीको तेस्रो लहर आउन सक्ने युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले बताएका छन् । बेलायतमा हालसम्म ६ करोड ५२ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । बेलायतमा हालसम्म ६ करोड ५२ लाख ११ हजार ८७७ डोज वितरण भइसकेको छ ।
जसमध्ये तीन करोड ९४ लाख ७७ हजार १५८ जनाले पहिलो र दुई करोड ५७ लाख ३४ हजार ७१९ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण