निषेधाज्ञाकै बेला १५ सय विदेशी पर्यटक नेपाल भित्रिए
बुधबार, १९ जेठ २०७८, १८ : ४५
निषेधाज्ञाकै बीच मे महिनामा मात्रै झण्डै १५ सयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) काअनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट अधिकतम १ हजार ४६८ जना विदेशीहरु नेपाल प्रवेश गरेका हुन् ।
जसमध्ये दक्षिण एशियाली मुलुकहरूबाट अधिकतम ६०२ जना नेपाल आएका छन् भने अन्य एसियन मुलुकहरूबाट ११३ जना, युरोपियन मुलुकहरूबाट २४२ जना र सामुन्द्रिक (ओसियन) मुलुकहरूबाट ८ जना विदेशीहरु नेपाल आएका छन् ।
यसबाहेक सो समयमा अन्य मुलुकहरूबाट २५४ जना आएको विमानस्थलको भनाई छ । सो समयमा सबैभन्दा बढी भारतबाट ५८० जना आएको विमानस्थलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण