ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा
बिहीबार, २० जेठ २०७८, १६ : ३१
काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

शहरका विभिन्न स्थानमा अव्यवस्थित रुपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण