ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा
बिहीबार, २० जेठ २०७८, १६ : ३१
काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।
शहरका विभिन्न स्थानमा अव्यवस्थित रुपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ