शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले खोज्यो ७८ वटा अक्सिजन सिलिन्डर

बिहीबार, २० जेठ २०७८, १८ : ५६
बिहीबार, २० जेठ २०७८

प्रहरीले ७८ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । मुलुक भरबाट पछिल्लो २४ घण्टामा ७८ थान सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संकलन गरिएका अक्सिजनका भरी सिलिन्डर कोभिड अस्पताललाई वितरण गरिएको छ । कोभिड–१९ को दोस्रो महामारी शुरु भएपछि प्रहरीले विभिन्न संस्था, व्यक्ति, उद्योग र कवाडी संकलन केन्द्रहरूबाट सिलिन्डर संकलन गरिरहेको छ ।

कोभिडका बिरामीको उपचारका लागि अक्सिजन अत्यावश्यक देखिएको छ । वैशाख २६ भन्दा पछि १० हजार ६ सय ३० वटा सिलिन्डर संकलन गरेर कोभिड अस्पतालहरुलाई वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप