बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीमा कोरोनाको तेस्रो लहरविरुद्ध अहिलेदेखि नै तयारी

शुक्रबार, २१ जेठ २०७८, २२ : ५४
शुक्रबार, २१ जेठ २०७८

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् ।  उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लाग्नुभएको अधिकारीहरुले जनाएका छन् । 

तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् । दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ । 

उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए । स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना,अक्सिजन प्लान्ट, औषधीको पर्याप्तता लगायतका विषयमा ध्यान दिनुपर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ । 

मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाउनु भएको छ । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ । –पिटिआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप