आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो संरचनाबाट निष्पक्ष फैसला हुन्छ भनेर विश्वास गर्न सकिन्छ श्रीमान् ?’

आइतबार, २३ जेठ २०७८, १४ : ०३
आइतबार, २३ जेठ २०७८

पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अहिलेको संरचनाबाट स्वच्छ र निष्पक्ष फैसला हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइका लागि नयाँ इजलास गठन भएपछि त्यसको विरोधमा उत्रिएका सरकारी वकिलहरुमध्येका एक खरेलले यस्तो प्रश्न गरेका हुन् । ‘के यो संरचनाबाट स्वच्छ र निष्पक्ष फैसला हुन्छ भनेर विश्वास गर्न सकिन्छ श्रीमान ?’, उनले इजलासमा प्रश्न गरे ।

मुद्दा ओपन हुनअघि नै यसरी उभिनुपर्छ भन्ने आफूले नसोधेको भन्दै खरेलले कोही न्यायाधीश इजलासबाट बाहिरिनु व्यक्तिगत विषय हुनुपर्ने बताए ।  तर, न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र र दीपककुमार कार्कीले जेठ १८ गतेको आदेशमा लेखेको कुरा अभिलेख भैसकेको उनको भनाइ थियो । ‘त्यति प्रस्ट लेखेपछि जजको लागि त्यही आदेश पर्याप्त छैन र ?’ उनले भने, ‘नेकपाको विवादको मुद्दा फैसला गर्ने न्यायाधीशले म मुद्दा हेर्न सक्छु  भनिरहेको बेला अरु दुईजना श्रीमानले उहाँहरु बस्ने भए हामी बस्दैनौँ भन्न मिल्थ्यो र ?’ न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ यो इजलासमा बस्छौँ भनेर राय दिएपछि किन उनीहरुलाई इजलासमा राखिएन भन्दै उनले प्रश्न गरे ।

उनले न्याधीशको स्वच्छता सबैभन्दा ठुलो कुरा भएको पनि बताए ‘न्यायाधीशलाई एउटा नागरिकले सँधै केयर गरेको हुन्छ । श्रीमान हरुलाई आशंका गरी गरिकन यो मुद्दा फैसला गर्नुपर्ने कुनै बाध्यता छैन’, उनले भने ।

राणाले  श्रेष्ठ र केसी बाहेकको इजलास गठन गरेपछि सरकारी वकिल रुष्ट बनेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप