गण्डकीमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ५१३ जना नयाँ संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ७, स्याङजा २, नवलपरासी पूर्व २, तनहुँ २ र पर्वतमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१५ की ६२ वर्षीय महिला, पोखरा–१८ की ६३ वर्षीय महिला, पोखरा–२९ की ५९ वर्षीय महिला, पोखरा–१३ का ४९ वर्षीय पुरुष, पोखरा–२४ का २२ वर्षीय पुरुष, पोखरा–१७ की २५ वर्षीय महिला र कास्कीको माछापुच्छ्रे«े–४ की ७२ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी पर्वतको मोदी–८ की २२ वर्षीय महिला, स्याङजाको भिरकोट–४ की ७७ वर्षीय महिला, वालिङ–६का ४८ वर्षीय पुरुष, तनहुँ म्यादे–४ का ७५ वर्षीय पुरुष, शुक्लागण्डकी–१० का ८२ वर्षीय पुरुष, नवलपरासीको कावासोती–४ का ८१ वर्षीय पुरुष र देवचुली–२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६२ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा आइतबार थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८६ जनाको नमुना परिक्षण गरिएकामा ५१३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २४५ महिला र २६८ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १६३, गोरखामा ११३, नवलपरासी ५५, स्याङजा ५७,बागलुङ ४९, तनहुँ ४४, लमजुङ २२, पर्वत ५ र म्याग्दीमा समेत ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५०० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३६ हजार ५१७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण