चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप
सोमबार, २४ जेठ २०७८, १६ : १९
चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको बताए ।
खोप कार्यक्रमका बारेमा आमजनतालाई हिचकिचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए । आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण