दैलेखको ठाटीकाँधका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला
सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ठाटीकाँध १ सिराडी निबासी ३३ वर्षीय बलबहादुर बुढा आफ्नै बेल्ट (कम्मरमा बाँध्ने पेटी) को पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले आज दिउँसो २ बजेतिर शव फेला परेको जानकारी रातोपाटीलाई दिए । यद्यपि, उनको शव दिउँसो १२ बजे नै स्थानीयले फेला पारेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी २ बजेतिर घटनास्थलमा पुगेको हो । उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लैजाने तयारी भइरहेको श्रेष्ठले बताए । उनले भने, ‘अहिले शव बेल्टको पासो लगाएर सल्लाको सानो बुटामा झुण्डिएको र हाँगा भाँचिएर बोटभन्दा केही अघि ढुङ्गामा मुख परेर केही तलतिर परेको अबस्थामा भेटिएको छ । अहिले केही भन्न मिल्दैन पोस्टमार्टम रिपोर्टले के भन्छ थप भनौँला ।’
घटनास्थलमा रहेका प्रत्यक्षदर्शी स्थानीयका अनुसार उनी मदिरा सेवन गर्थे । उनी हिजो बेलुका मदिरा सेवन गरेर घर आएका थिएनन् । बुढाले धेरै मदिरा पिएको र समयमा खाना नखाएको बुझिएको छ । मृतक बुढा आफ्नो घर निर्माणमा लागि रहेका थिए । दुई तला घर निर्माण भइसकेको तर बुढाले केही दिनयता घरको काम छाडेर मदिरामा लट्ठ देखिने गरेको स्थानीयको दावी छ । सो समयमा उनले घरको काम समेत गर्न छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण